सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
गण्डकी सरकारकाे बजेट

कस्तो आयो गण्डकी प्रदेशको बजेट ? (पूर्णपाठ)

आइतबार, ०१ असार २०८२, १८ : ३०
आइतबार, ०१ असार २०८२

पोखरा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । 

चालु आर्थिक वर्ष १२ अर्ब ६३ करोड (३९.५%),पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात ५६.७ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ । 

पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड अनुमान छ । 

कुन मन्त्रालयले कति पाए बजेट 

  • कृषि–२ अर्ब ८ करोड
  • उद्योग तथा पर्यटन–८४ करोड २१ लाख
  • वन तथा वातावरण–१ अर्ब ६ करोड
  • सामाजिक विकास–२ अर्ब ३९ करोड
  • स्वास्थ्य–३ अर्ब ३२ करोड
  • भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था–११ अर्ब ९८ करोड
  • उर्जा, जलस्रोत तथा खानेपानी–३ अर्ब ८८ करोड

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप