टिकटकबाट भ्रम फैलाउने युवती समातिइन्
सारांश
- टिकटकमा जातीय तथा साम्प्रदायिक भावना भड्काउने र प्रतिष्ठित व्यक्ति तथा संस्थाहरूमाथि भ्रामक सामग्री प्रसारण गर्ने युवती पक्राउ।
- पक्राउ पर्नेमा खोटाङ घर भई भक्तपुरमा बस्दै आएकी ३१ वर्षीया रमा बस्नेत छिन्, जसले सामाजिक सञ्जालमा संवेदनशील विषयवस्तु राखेकी थिइन्।
- प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरी युवतीलाई अदालतमा पेश गरेको छ र थप अनुसन्धानका लागि म्याद थप गरिएको छ।
काठमाडौँ । सामाजिक सञ्जाल टिकटक मार्फत जातीय, साम्प्रदायिक भावना भड्काउने र प्रतिष्ठित व्यक्ति तथा संस्थाहरूमाथि तथ्यहीन आरोप लगाउँदै भ्रामक सामग्रीहरू प्रसारण गर्ने एक युवती पक्राउ परेकी छन्।
साइबर ब्युरो, काठमाडौँका अनुसार पक्राउ परेकी युवती खोटाङ जिल्ला हलेसीतुवाचुङ नगरपालिका–६ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेत हुन्।
ब्युरोका अनुसार उनले नियोजित रूपमा सामाजिक सञ्जालमा संवेदनशील विषयवस्तुहरू राखेर जातीय द्वन्द्व निम्त्याउने, चरित्र हत्या हुने खालका सामग्री पोस्ट गर्ने र संस्थागत छविमा आँच पुर्याउने काम गरिरहेकी थिइन्।
प्रविधिक विश्लेषण र अनुसन्धानबाट संलग्नता पुष्टि भएपछि उनलाई आइतबार भक्तपुरबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।
विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ। अदालतको आदेशअनुसार उनलाई तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण