५.७८ प्रतिशतले बढ्यो चन्द्रागिरि हिल्सको नाफा
मङ्गलबार, २९ माघ २०८१, १३ : ५७
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म चन्द्रागिरि हिल्स लिमिटेडको नाफा ५.७८ प्रतिशतले बढेको छ । कम्पनीले यो अवधिमा ६ करोड ६४ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा चन्द्रागिरिले ६ करोड २८ लाख रुपैयाँ नाफा गरेको थियो ।
नाफा बढे पनि दोस्रो त्रैमाससम्म गत वर्षको तुलनामा आम्दानी घटेको छ । गएको पुषसम्म कम्पनीले ४२ करोड २५ लाख रुपैयाँमा आम्दानी गरेको छ । गत आवको पुषसम्म ४५ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको कम्पनीको भनाइ छ ।
आम्दानी घट्दा पनि नाफा बढ्नुको कारण प्रशासनिक खर्चमा आएको कमी रहेको कम्पनीले जनाएको छ । यो पुससम्म कम्पनीले ५ करोड २१ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको छ र गत वर्षको पुससम्म ५ करोड ७० लाख थियो ।
चालु आवको पुससम्म चन्द्रागिरि हिल्सको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४१ लाख रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण