जापानी मन्त्रालयका कर्मचारीले संवेदनशील फाइल नै हराएपछि...
टोकियो । जापानका अर्थ मन्त्रालयका एक जना कर्मचारीले सहकर्मीहरूसँग नाइट आउटमा जाँदा मन्त्रालयको संवेदनशील डेटा भएको फाइल हराएका छन् ।
हराएको फाइलमा १८७ जना सन्दिग्ध लागू औषध तस्करीको व्यक्तिगत डेटा भएको स्थानीय सञ्चार माध्यमले भनेको छ । फाइल हराउने कर्मचारीको नाम खुलाइएको छैन । फेब्रुअरी ६ मा सहकर्मीसँगको पाँच घण्टा लामो नाइट आउटमा उनले ९ ग्लास बियर पिएका थिए ।
सुमिदामा रहेको आफ्नो घरमा जान रेल चढेर ओर्लिँदासम्म पनि उनले साथमा बोकेर लगेको झोला हराएको हेक्कै नपाएको बताइएको छ । यस घटनाप्रति अर्थ मन्त्रालयले माफी मागेको छ ।
यस घटनाले सरकारप्रति सर्वसाधारणको विश्वास धूमिल भएकोमा माफी पनि मागेको छ । कर्मचारीले हराएको झोलामा लागू औषधको तस्करी गरेको र गाजाको दाना राखेको आरोप लागेका १८७ जनाको नाम र ठेगाना लगायत जानकारी भएको दस्ताबेज पनि भएको मन्त्रालयले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण