जापानी मन्त्रालयका कर्मचारीले संवेदनशील फाइल नै हराएपछि...

टोकियो । जापानका अर्थ मन्त्रालयका एक जना कर्मचारीले सहकर्मीहरूसँग नाइट आउटमा जाँदा मन्त्रालयको संवेदनशील डेटा भएको फाइल हराएका छन् ।
हराएको फाइलमा १८७ जना सन्दिग्ध लागू औषध तस्करीको व्यक्तिगत डेटा भएको स्थानीय सञ्चार माध्यमले भनेको छ । फाइल हराउने कर्मचारीको नाम खुलाइएको छैन । फेब्रुअरी ६ मा सहकर्मीसँगको पाँच घण्टा लामो नाइट आउटमा उनले ९ ग्लास बियर पिएका थिए ।
सुमिदामा रहेको आफ्नो घरमा जान रेल चढेर ओर्लिँदासम्म पनि उनले साथमा बोकेर लगेको झोला हराएको हेक्कै नपाएको बताइएको छ । यस घटनाप्रति अर्थ मन्त्रालयले माफी मागेको छ ।
यस घटनाले सरकारप्रति सर्वसाधारणको विश्वास धूमिल भएकोमा माफी पनि मागेको छ । कर्मचारीले हराएको झोलामा लागू औषधको तस्करी गरेको र गाजाको दाना राखेको आरोप लागेका १८७ जनाको नाम र ठेगाना लगायत जानकारी भएको दस्ताबेज पनि भएको मन्त्रालयले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक जना पक्राउ
-
प्रमुख प्रशासकीय अधिकृतबिनै बैठक बाेलाउने तयारीमा मेयर बालेन
-
‘महाभोज’ हेरेपछि सेलिब्रेटीहरूले के भने ?
-
महोत्तरीमा घट्दै ट्राफिक कारबाही
-
चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक
-
सुक्खाबन्दरगाहबाट रु ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन