अनावश्यक खर्च कटौतीमा ध्यान दिन्छु : अर्थसचिव उपाध्याय
मङ्गलबार, २९ माघ २०८१, १७ : १०
काठमाडौँ । नवनियुक्त अर्थसचिव घनश्याम उपाध्यायले राजस्व वृद्धि, पुँजीगत खर्च वृद्धि र अनावश्यक खर्च कटौतीमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार अर्थ सचिवको कार्यभार सम्हाल्दै उपाध्यायले उत्पादन वृद्धि लगायतमा काम गर्दै थप लगानीका लागि वातावरण सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका हुन् ।
आज मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच यसअघि अर्थ सचिव रहेका डा. रामप्रसाद घिमिरेलाई बिदाइ र उपाध्यायलाई स्वागत गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव उपाध्यायलाई अर्थ सचिवमा र अर्थ सचिव डा. घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण