एलिनाको डिभोर्सपछि रचनाले भनिन्– आई लभ यु मेरी दिदी !

काठमाडौँ । गायिका रचना रिमालले अर्की गायिका एलिना चौहानलाई नयाँ जीवनको शुभकामना दिएकी छन् । अब एलिना मुखले मात्रै होइन मनबाट नै हासेको हेर्न पाउने कामना गर्दै रचनाले खुसी आफैँले स्थापित गर्नुपर्ने पनि बताएकी छन् ।
‘आज तपाईंले एकदम ठुलो आँट र मनले यो निर्णय लिनुभएको छ। दिदी अब तपाईँलाई मुखले मात्रै होइन मनबाट नै हासेको हेर्न पाउछु भन्ने ठुलो आशा छ। अरू खुसी आउँदै, जाँदै गर्छन् तर मनको खुसी आफैले स्थापित गर्ने हो। म तपाईंको शुभचिन्तक हिजो पनि थिए, आज पनि छु र भोलि पनि रहनेछु। आई लभ यु मेरी दिदी !’, रचनाले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन् ।
आफूहरू केही समय अघिपछि मात्रै भएर सांगीतिक क्षेत्रमा प्रवेश गरेको र भेटघाटपछि साङ्गितिक कर्ममा सहकार्य गर्दै आएको समेत उनको भनाइ छ ।
‘हाम्रो सहकार्य हुँदै गर्दा नै हामी दिदीबहिनी बिच एक अटुट सम्बन्ध बनिसकेको रहेछ। हुन त झट्ट हेर्दा अरूको नजरमा हामी बिच प्रतिस्पर्धा र ईर्ष्याको भावना हुनुपर्ने जस्तो देखिन्छ तर हामी बिचमा खै के मिल्यो त्यो कहिल्यै मनमा भएन र छैन पनि’, उनको भनाइ छ ।
उनले एलिना बिहेमा अन्माउँदै गर्दा आफू भावुक भएको पनि रचनाले स्मरण गरेकी छन् । एलिनाको पति विष्णु सापकोटासँग आज काठमाडौँ जिल्ला अदालतबाट औपचारिक रूपमा सम्बन्धविच्छेद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीरव मोदीको नयाँ जमानत याचिका लन्डन उच्च अदालतद्वारा खारेज
-
इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ११४ पुग्यो, नाकाबन्दीका कारण अवस्था झनै बिग्रियो
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
ओमोडा एन्ड जेइकोलेको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक, चीन भ्रमणकाे मौका
-
शिक्षामा कम्तीमा २० प्रतिशत लगानी, कसरी सम्भव छ ?
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची