कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक दिएर मुख्यमन्त्री लामा दुबई प्रस्थान
मङ्गलबार, २९ माघ २०८१, १८ : ०३
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा वैदेशिक भ्रमणका लागि दुबई प्रस्थान गरेका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक दिएर मुख्यमन्त्री लामा दुबई गएका हुन् ।
मुख्यमन्त्री लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्री तोकेका छन् । मुख्यमन्त्री लामा फागुन ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
मुख्यमन्त्री लामा दुबईमा आयोजना हुने विश्व गभर्मेन्ट समिट २०२५ सहभागी हुने कार्यक्रम रहेको छ । उक्त समिटमा मुख्यमन्त्री लामाले सेपिङ फ्युचारर्स गभरमेन्ट सेसनमा सहभागितासहित प्यानल छलफलमा भाग लिने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण