उठ्न थाल्यो हेटौंडाको फोहोर
मङ्गलबार, २९ माघ २०८१, १८ : १५
मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलासको अन्तरिम आदेशसँगै रोकिएको हेटौंडा उपमहानगरपालिका क्षेत्रको फोहोर व्यवस्थापन पुनः सुचारु भएको छ । अदालतले उक्त मुद्दाको रिट खारेज हुने आदेश गरेसँगै हेटौंडा बजार क्षेत्रको फोहोर उठ्न थालेको हो ।
हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धमा दायर रिट निवेदन उच्च अदालत पाटन हेटौंडा इजलासले मंगलबार रिट खारेज गर्ने निर्णय गरेको हो ।
गत मंगलबार योगेन्द्रप्रसाद उपाध्यायले दायर गरेको रिट निवेदनमा उच्च अदालत पाटन हेटौंडा इजलासकी न्यायाधीश डा. निर्मला पौडेल भट्टराईले अन्तरिम आदेश जारी गर्दै डम्पिङ साइटमा फोहोर नफाल्न आदेश गरेको थियो । उच्च अदालतको अन्तरिम आदेशपछि हेटौंडा उपमहानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै फोहोर संकलनको कार्य स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण