१०.५३ प्रतिशतले बढ्यो प्रभु इन्स्योरेन्सको नाफा
बुधबार, ३० माघ २०८१, १४ : ३९
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा १०.५३ प्रतिशतले बढेको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले १२ करोड ४९ हजार रुपैयाँ नाफा कमाएको हो ।
गत आवको सोही अवधिमा कम्पनीले १० करोड ८६ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको पुससम्म कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १४.५५ प्रतिशतले बढेको छ ।
यसअवधिमा ४ करोड १५ लाख २१ हजार रुपैयाँ लगानी र कर्जा शीर्षमा भएको छ । कमिसनबाट हुने आम्दानी ८२.१७ प्रतिशतले बढेर ११ करोड ८२ लाख पुगेको कम्पनीले जनाएको छ ।
पुससम्म प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ छ । यस अवधिमा प्रतिसेयर आम्दानी १६.६६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण