एकथरी तत्त्वहरूले व्यवस्थालाई पछाडि फर्काएर निरंकुशतातर्फ लैजाने कोसिस गरिराखेका छन् : प्रचण्ड
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा संविधानसभाबाट स्थापित मान्यतालाई केही शक्तिले उल्ट्याउने कोसिस गरिरहेको बताएका छन् । गुल्मीको तम्घासमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पनि त्यो प्रवृत्तिबिच सङ्घर्ष चलिराखेको स्पष्ट पारे ।
‘जनयुद्ध र जनआन्दोलनको बलमा संविधानसभाद्वारा स्थापित मान्यताहरूलाई एकथरी शक्ति, तत्त्व र विचारले उल्ट्याउने कोसिस गर्दै आएको छ । हामी यसलाई सुदृढ गर्दै समाजवादको आधार तयार पार्ने प्रक्रियामा छौँ । अहिले पनि दुई वटा वर्ग, दुईवटा विचार, दुई वटा प्रवृत्तिको बिचमा सङ्घर्ष चलिनै राखेको छ’, उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पुगिसकेपछि पनि प्रतिक्रियावादी शक्तिहरूले त्यो वर्ग र शक्तिलाई जनताको गणतन्त्र हुन नदिनका निम्ति त्यसलाई बुर्जुवा गणतन्त्र वा प्रतिक्रियावादी गणतन्त्रमै कैद गर्ने या त्यसलाई अझ पछाडि फर्काएर निरंकुशतातर्फ लैजाने कोसिस हुनेछ भनेर हामीले पहिलेदेखि नै भनेका थियौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण