अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि एन्फाद्वारा अन्तिम टोलीको घोषणा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा सञ्चालन हुने ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५’ का लागि बिहीबार आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ ।
घोषित टोलीमा गोलरक्षकको भूमिकामा अञ्जली तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ रहेका छन् । रक्षापँक्तिमा अमृता जैसी, गिता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई रहेका छन् ।
यसैगरी, मध्यपँक्तिमा अनिता बस्नेत, रेणुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता राना मगर, रेणुका हमाल र सुष्मा तामाङ रहेका छन् । अग्रपँक्तिमा भने सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन् ।
कप्तान एन्जिला ग्रिसबाट बुधबार स्वदेश आइपुगेकी हुन् । एन्जिला ग्रिसको क्लब निस एत्रोमितोउबाट व्यवसायीक फुटबल खेल्छिन् । रेखा पौडेल दुबईबाट शनिवार र सावित्रा भण्डारी फ्रान्सबाट फागुन ५ गते स्वदेश आइपुग्ने पनि एन्फाले जनाएको छ ।
एन्फाको आयोजनामा फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा सञ्चालन हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) महिला एसिया कप र विश्व फुटबल महासंघ (फिफा) महिला विश्वकपको तयारीका क्रममा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता फिफा इन्टरनेशल विन्डोअन्तर्गत सञ्चालन हुन लागेको हो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ हुन् । प्रतियोगिताका खेलहरु राउन्ड रोविन लिगका आधारमा हुने एन्फाले जनाएको छ । त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुईवटा टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताका खेलहरु दिउँसो २ः०० बजे र साँझ १८ः०० बजे खेलाइने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण