रुपन्देहीमा आमाको हत्या गर्ने छोरा पक्राउ
बिहीबार, ०१ फागुन २०८१, १७ : १७
बुटवल। रुपन्देहीको कञ्चन गाउँपालिकामा आमाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । कञ्चन गाउँपालिका १ स्थित सुन्दर टोलका २० वर्षीय सरोज परियार बिहीबार पक्राउ परेका हुन् ।
उनले ४५ वर्षीय आमा पार्वती परियारको हँसिया प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय सालझुण्डीले जनाएको छ । कान्छा छोरा सरोजले आँखा र हातमा हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। घरमा मृतक पार्वती र उनका कान्छा छोरा मात्रै बस्दै आएका थिए ।
मृतक परियारका जेठा छोरा रोजगारीका लागि भारतमा रहेका छन् । प्रहरीले हत्याको कारणले अझै खुल्न नसकेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण