हेटौँडाबाट खैरो हिरोइनसहित ४ जना पक्राउ
हेटौँडा । मकवानपुरको हेटौँडाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा–१५ रातोमाटेबाट ४ ग्राम ९१० मिलिग्राम अवैध लागूऔषध खैरो हिरोइनसहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा हेटौँडा ८ का २३ वर्षीय निखिल तिमल्सिना, २८ वर्षका भीमसेन पाण्डे, हेटौँडा ७ का २७ वर्षीय मन्जित गौतम र हेटौँडा ५ का २० वर्षका साकार ढुंगेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको गरेको प्र.२–०३–०२१ प ६३०८ नम्बर र बा.प्र.०३–००५ प ९६६६ नम्बरको मोटरसाइकल चेकिङको क्रममा ४ ग्राम ९१० मिलिग्राम लागूऔषध खैरो हिरोइन फेला परेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
उनका अनुसार शङ्काको आधारमा उनीहरूको शरीर तथा मोटरसाइकल खानतलासीको क्रममा निखिल तिमल्सिनाले बायाँ खुट्टाको जुत्ताभित्र लुकाएर ल्याएको अवस्थाको खैरो हिरोइन फेला परेको थियो । सोधपुछ गर्ने क्रममा ४ जना मिलेर खरिद गरी ल्याएको बताएपछि प्रहरीले ४ जनालाई पक्रेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । ४ जनालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण