२१ वटा बस्तुमा नेपाल गुणस्तर कायम
काठमाडौँ । नेपाल गुणस्तर परिषद्को ११४औँ बैठक सिंहदरबारमा सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले २१ वटा बस्तुमा नेपाल गुणस्तर कायम गरेको छ ।
जसमध्ये पिभिसी इन्सुलेटेड केबुलको दोस्रो संशोधन र त्यसको परीक्षण विधिसम्बन्धी ४ वटा गुणस्तर पारित गरिएको छ भने, कृषि कर्ममा प्रयोग हुने मिनिटिलर र पावर टिलरका साथै ५वटा घरायसी उपकरणमा नेपाल गुणस्तर पारित गरिएको छ ।
यसैगरी खाद्य सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी ८ बस्तुहरूमा आइएसओको गुणस्तरलाई अङ्गीकार गरिएको छ ।
मन्त्री भण्डारीले यस बाहेकका अन्य सामग्रीहरूमा पनि नेपाल गुणस्तर निर्धारण गर्नुपर्ने बताए । उनले निर्यात प्रवर्धन हुने सामग्रीहरूको अध्ययन गरी मापदण्डहरू कायम गर्न निर्देशन दिए ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक ज्योति जोशीको संयोजकत्वमा रहेको प्राविधिक समितिबाट पारित मस्यौदा नेपाल गुणस्तर परिषदबाट स्वीकृत भए पश्चात् नेपाल गुणस्तरको रूपमा मान्यता पाउने व्यवस्था छ ।
परिषद्मा उपाध्यक्षको रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) र विभागका महानिर्देशक सदस्य सचिव रहने व्यवस्था छ ।
साथै अन्य मन्त्रालयहरू, विश्वविद्यालयका प्रतिनिधिहरू, विज्ञहरू र निजी क्षेत्रका प्रतिनिधिहरू समेत परिषद्मा सदस्य रहने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण