सर्लाहीमा बस दुर्घटना, १५ जना घाइते
बिहीबार, ०१ फागुन २०८१, २१ : २१

काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ स्थित घारीबथान नजिकै बस दुर्घटना भएको छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाँके जंगलको घारीबथान जाने चोकमा ना ७ ख ३६४३ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा १५ जना घाइते भएका छन् । बर्दिबासमा आयोजित लघु वित्तीय संस्थाविरुद्ध संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएर आएकाहरू सवार बस दुर्घटना भएको हो ।
तीव्र गतिका कारण अनियन्त्रित भएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि लालबन्दीतर्फ पठाइएको छ । बस चालक भने फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?
-
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान
-
अल हिलालसँग बराबरीमा रोकियो रियल
-
चैते धान थन्क्याउने चटारोमा किसान