सर्लाहीमा बस दुर्घटना, १५ जना घाइते
बिहीबार, ०१ फागुन २०८१, २१ : २१
काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ स्थित घारीबथान नजिकै बस दुर्घटना भएको छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाँके जंगलको घारीबथान जाने चोकमा ना ७ ख ३६४३ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा १५ जना घाइते भएका छन् । बर्दिबासमा आयोजित लघु वित्तीय संस्थाविरुद्ध संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएर आएकाहरू सवार बस दुर्घटना भएको हो ।
तीव्र गतिका कारण अनियन्त्रित भएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि लालबन्दीतर्फ पठाइएको छ । बस चालक भने फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी सहिद स्मारकको काम अलपत्र
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण