रुसले चेर्नोबिलमा आक्रमण गर्यो : युक्रेन
किभ । रुसी ड्रोनले बेलारुससँग युक्रेनी सीमा नजिक रहेको चेर्नोबिलको क्षतिग्रस्त परमाणु केन्द्रमा लागेको युक्रेनले बताएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएअनुसार आक्रमणमा बिहीबार राति भएको थियो ।
विकिरणको प्रभाव सीमित रहेको र यो सामान्य स्तरमै रहेको युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसले भनेको थियो । रुसले हानेको उच्च विस्फोटक वारहेडयुक्त ड्रोनले चेर्नोबिल परमाणु केन्द्रमा सुरक्षाका लागि लगाइएको पक्की ‘कवज’मा लागेको भनिएको छ । यस क्रममा लागेको आगो निभाइएको जेलेन्स्कीले भनेका छन् ।
यस घटनामा भग्न परमाणु केन्द्रमा आसपास विकिरणको स्तर नबढेको अनि निरन्तर यसको निगरानी भइरहेको पनि बताइएको छ । सुरुमा भने आक्रमणका कारण सेल्टरमा निकै क्षति पुगेको बताइएको थियो । माइक्रो ब्लगिङ वेबसाइट एक्समा अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले पनि विकिरणको स्तर सामान्य नै रहेको भनेको थियो ।
चेर्नोबिलको परमाणु केन्द्रको चौथो युनिट सन् १९८६ मा विस्फोट भएको थियो । यसको विकिरणको प्रभाव सोभियत सङ्घ र युरोपका कयौँ हिस्सासम्म फैलिएको थियो । पछि सो एकाइको भग्नावशेषलाई सिमेन्ट र स्टिलको पक्की कवज बनाएर छोपिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण