रुसले चेर्नोबिलमा आक्रमण गर्यो : युक्रेन

किभ । रुसी ड्रोनले बेलारुससँग युक्रेनी सीमा नजिक रहेको चेर्नोबिलको क्षतिग्रस्त परमाणु केन्द्रमा लागेको युक्रेनले बताएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएअनुसार आक्रमणमा बिहीबार राति भएको थियो ।
विकिरणको प्रभाव सीमित रहेको र यो सामान्य स्तरमै रहेको युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसले भनेको थियो । रुसले हानेको उच्च विस्फोटक वारहेडयुक्त ड्रोनले चेर्नोबिल परमाणु केन्द्रमा सुरक्षाका लागि लगाइएको पक्की ‘कवज’मा लागेको भनिएको छ । यस क्रममा लागेको आगो निभाइएको जेलेन्स्कीले भनेका छन् ।
यस घटनामा भग्न परमाणु केन्द्रमा आसपास विकिरणको स्तर नबढेको अनि निरन्तर यसको निगरानी भइरहेको पनि बताइएको छ । सुरुमा भने आक्रमणका कारण सेल्टरमा निकै क्षति पुगेको बताइएको थियो । माइक्रो ब्लगिङ वेबसाइट एक्समा अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले पनि विकिरणको स्तर सामान्य नै रहेको भनेको थियो ।
चेर्नोबिलको परमाणु केन्द्रको चौथो युनिट सन् १९८६ मा विस्फोट भएको थियो । यसको विकिरणको प्रभाव सोभियत सङ्घ र युरोपका कयौँ हिस्सासम्म फैलिएको थियो । पछि सो एकाइको भग्नावशेषलाई सिमेन्ट र स्टिलको पक्की कवज बनाएर छोपिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह