मैत्रीपूर्ण फुटबलका लागि चिनियाँ टोली नेपालमा
काठमाडौँ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबिच मैत्रीपूर्ण फुटबल हुन लागेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल हुन लागेको हो । त्यसका लागि युनान युवा फुटबल टोली नेपाल आइसकेको छ ।
उक्त मैत्रीपूर्ण खेलको तयारी पुरा भएको र खेल जित्ने लक्ष्यका साथ मैदान उत्रने दुई टोलीका प्रशिक्षक र कप्तानहरूले जनाएका छन् । खेल अघि शुक्रबार रंशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली यु–२० टिमका प्रमुख प्रशिक्षक राजेश शाहीले खेल जित्नका लागि खेल्ने भएकाले युवा टोलीले राम्रो खेल देखाउने विश्वास व्यक्त गरे ।
त्यस्तै नेपाली यु–२० टिमका कप्तान सीमान्त थापाले छोटो अवधिमा राम्रो तयारी भएको र नजिता आफ्नो पक्षमा आउने बताएका छन् ।
त्यस्तै चीन युनान युवा फुटबल टिमका प्रशिक्षकले पनि मैत्रीपूर्ण खेलका लागि राम्रो तयारी भएको जनाए । दूतावासले दोस्रो पटक मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो । गत वर्ष नेपालको युवा टोलीले चीनको टोलीलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण