सुनको मूल्य रेकर्ड ब्रेकको बाटोमा, सातामा २ हजार १०० रुपैयाँ बढ्यो
काठमाडौँ । सातामा नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ । माघ २५ देखि फागुन २ गतेसम्मको अवधिमा छापावाल सुनको मूल्य वृद्धि हुँदै १ लाख ७० हजार २०० रुपैयाँ पुगेको हो ।
अघिल्लो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ थियो । जबकि हिजो शुक्रबार सुनको मूल्य बढेर १ लाख ७० हजार २०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ २७ गते १ लाख ६८ हजार २००, २८ गते १ लाख ६९ हजार ६००, २९ गते १ लाख ७० हजार २०० रुपैयाँ कायम भयो । तर, ३० गते फेरि घटेर १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य त्यसपछि भने फेरि बढ्न पुग्यो । जसअनुसार फागुन १ गते १ लाख ६९ हजार ८०० रुपैयाँ पुगेको सुन फागुन २ मा थप बढेर १ लाख ७० हजार २०० पुगेको हो ।
यो मूल्य भन्सार दर घटेपछिको पनि रेकर्ड नजिकको हो । भन्सार दर घट्नुअघि सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । मन्त्रिपरिषद्को गत मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो । भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै सुनको मूल्य पनि घटेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय कार्यान्वयन भएसँगै मंसिर १० गते सुनको मूल्य ह्वात्तै घटेको थियो ।
अघिल्लो आर्थिक वर्ष १० प्रतिशत नै रहेको सुनको भन्सार दर तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत बढाएका थिए । जुन निर्णय पुनरावलोकन गरेर कार्यान्वयनमा गएको थियो । त्यसपछि केही समय सुनको मूल्य १ लाख ५० हजार रुपैयाँको हाराहारीमा रहेपनि अहिले फेरि मूल्य निरन्तर बढिरहेको हो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम रहेकाले स्थानीय बजारमा पनि फेरि मूल्यले नयाँ रेकर्ड बनाउने देखिएको जानकारहरू बताउँछन् ।
यसैबिच यो साता चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य भने यो साता १५ रुपैयाँ घटेको छ । माघ २५ गते १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य २७ गते १ हजार ९६०, २८ गते १ हजार ९७५, ३० गते १ हजार ९३०, फागुन १ हजार ९६५ र २ गते अर्थात् हिजो शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण