महिला प्रिमियर लिग क्रिकेट : रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई हरायो
काठमाडौँ । भारतमा जारी महिला प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ । दिल्ली क्यापिटल्सले शनिबार राति खेलिएको आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्समाथि दुई विकेटको रोमाञ्चक जित हासिल गर्यो ।
जितसँगै दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो स्थानमा छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले १९.१ ओभरमा अलआउट हुनुअघि एक सय ६४ रन बनाएको थियो । जवाफमा दिल्ली क्यापिटल्सले निर्धारित ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
दिल्ली क्यापिटल्सको जितमा ओपनर सफाली वर्माले ४३ रनको योगदान गरिन् । निकी प्रसादले पनि टोलीको खातामा ३५ रन थपिन् । उनी प्लेयर अफ दि म्याच पनि घोषित भइन् । मुम्बई इन्डियन्सका बलर हेली म्याथ्यूज र अमेलिया केरले दुई–दुई विकेट लिए ।
त्यसअघि, मुम्बई इन्डियन्सका लागि नट ब्रन्टले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी उनले अविजित ८० रन बनाएकी थिइन् । उनले केवल ५९ बलमा १३ चौका पनि प्रहार गरिन् ।
कप्तान हरमनप्रित कौरले पनि टोलीको खातामा ४२ रन थपिन् । उनले केवल २२ बलको सामना गरी तीन छक्का र चार चौका पनि हिर्काइन् । दिल्ली क्यापिटल्सकी बलर अनाबेल सथरल्यान्डले तीन र शिखा पाण्डेले दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026