अवैध लागू औषधसहित ६ जना पक्राउ
काठमाडौँ । देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । कञ्चनपुर स्थित पुनर्वास नगरपालिका–११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने २३ वर्षीय अशोक पाण्डेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यता झापाको झापा गाउँपालिका–४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६२ मिलिग्रामसहित मोरङ पथरी शनिश्चरे नगरपालिका–८ बस्ने २४ वर्षीय दिपिन माझीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापाकै अर्जुनधारा नगरपालिका–११ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–११ बस्ने २९ वर्षीय मनिष प्रधान र ४० वर्षीय वीरेन उराउ रहेका छन् । अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुरको थाहा नगरपालिका–२ इन्द्रायणी बस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट, स्पास्मो ३० ट्याब्लेट र स्टागन ५० ट्याब्लेटसहित सोही नगरपालिका–२ देउला टोल बस्ने २७ वर्षीय दिनेश देउलालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५ क्याप्सुल सहित मंगला गाउँपालिका–२ बस्ने २० वर्षीय अविषेक खड्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौँबाट म्याग्दीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ९५१७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण