योगमायालाई श्रद्धाञ्जली दिन आर्यघाट पुगे कलाकारकर्मी
आइतबार, ०४ फागुन २०८१, १७ : ०८

काठमाडौँ । अभिनेता जितु नेपालकी आमा योगमाया नेपालको पार्थिव शरीर आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि योगमायाको शव पशुपति आर्यघाटमै केही समय श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, कृष्ण ढुङ्गाना, कमेडियन भरतमणि पौडेल, सुमन कोइराला लगायत थुप्रै कलाकर्मीले आर्यघाट पुगेर योगमायालाई श्रद्धाञ्जली दिए ।
लामो समयदेखि दम रोगबाट पीडित योगमायाको ८९ वर्षको उमेर आइतबार बिहान निधन भएको थियो । जितु योगमायाका कान्छा सन्तान हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशले दिएको लक्ष्य ३९ बलमै पुरा गर्यो बागमती प्रदेशले
-
वीरगन्जमा टाटा योद्धा सार्वजनिक
-
ब्रोकाउलीमा भेटियो अत्यधिक विषादी
-
बक्स अफिसको ‘टप’ मा डिज्नीको ‘स्नो ह्वाइट’
-
काभ्रेपलाञ्चोकको भकुण्डे र नारायणस्थानमा चौकी निर्माण गर्न प्रहरीलाई १२ रोपनी जग्गा
-
क्यानडामा अचानक चुनावको घोषणा : व्यापार युद्ध र ट्रम्पको धम्कीको कस्तो पर्ला असर ?