नयाँ दिल्लीमा भूकम्पको धक्का
सोमबार, ०५ फागुन २०८१, ०७ : १५
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान ५:३६ बजे गएको भूकम्पको तीव्रता रिक्टर स्केलमा ४ मापन गरिएको थियो।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु नयाँ दिल्ली थियो र यसको गहिराई पाँच किलोमिटर रहेको थियो । भूकम्पको धक्काका कारण धेरै क्षेत्रका मानिसहरू आत्तिएर घरबाट बाहिर निस्किए। यद्यपि, अहिलेसम्म कुनै पनि प्रकारको ज्यान वा सम्पत्तिको क्षतिको रिपोर्ट आएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण