हेटौँडा गोरु तस्करी प्रकरण : इन्चार्ज फुयाँलसहित ३ जना जिल्ला तानिए
हेटौँडा । गोरु तस्करी प्रकरणमा रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँलसहित ३ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिम्मेवारीबाट हटाएको छ । हेटौँडा हुँदै भइरहेको गोरु तस्करी प्रकरणमा छानबिनका लागि चौकी इन्चार्ज सहित प्रहरी सहायक हवलदार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले ३ जनालाई छानबिनका लागि जिम्मेवारीबाट हटाएर जिल्ला तानेको बताए । उनका अनुसार उक्त चौकीको इन्चार्जको रूपमा प्रहरी सहायक निरीक्षकलाई पठाउने गरी निर्णय भएको छ ।
गोरु तस्करी प्रकरणमा प्रहरीको संलग्नताका विषयमा छानबिन गर्न उनीहरूलाई जिल्ला तानेको उनले बताए । सो विषयमा प्रक्रियागत रूपमा छानबिन कार्य भइरहेको उनले बताए ।
गए राति चितवनतिरबाट हेटौँडा हुँदै पथलैयातर्फ गोरु बोकेर जाँदै गरेको ट्रकलाई पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको थियो । उक्त घटनामा प्रहरीले नै स्कटिङ गरेर तस्करी भइरहेको गोरु सहितको बा. प्र. ०३–००१ ख १४२४ नम्बरको ट्रक रातोमाटे चौकीबाट भगाएर चुरियामाई नाका कटाएका थिए ।
यता जिल्ला पशु सेवा कार्यालय मकवानपुरले गोरु सहितको ट्रकलाई ५ हजार जरिवाना सहित छाडेको छ । गोरु ढुवानीकर्ता भिष्म राईलाई सम्पर्कमा ल्याएर कार्यालयले मापदण्ड विपरीत गोरुहरू ल्याएको भन्दै कानुन बमोजिम ५ हजार रुपैयाँ जरिवाना गरेको कार्यालयका प्रमुख ब्रजकिशोर ठाकुरले जानकारी दिए ।
उनका अनुसार राईलाई उक्त ट्रक सहितका गोरुहरू ल्याएको स्थानमा नै लगेर छाड्ने गरी व्यवस्थापन गरिएको छ । उक्त घटनामा छानबिन गर्न कार्यालयले आन्तरिक राजस्व कार्यालय र हेटौँडा उपमहानगरपालिकालाई समेत पठाउने गरी प्रक्रिया अघि बढाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण