गोरु तस्करी प्रकरण : रातोमाटे चौकीको इन्चार्जमा लुङ्वा
मङ्गलबार, ०६ फागुन २०८१, ०९ : ३२
मकवानपुर । गोरु तस्करी प्रकरणपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातोमाटे प्रहरी चौकीको नेतृत्व परिवर्तन गर्दै सहायक प्रहरी निरीक्षक (असई) सागर लुङ्वालाई नयाँ इन्चार्ज तोकेको छ।
यसअघि प्रहरी नायव निरीक्षक (सई)को नेतृत्वमा रहेको सो चौकीको इन्चार्जमा प्रहरी सहायक निरीक्षक लुङ्वाको कमाण्डमा चौकीको जिम्मेवारी दिइएको हो ।
गोरु तस्करीमा प्रहरी संलग्नताको आरोप लागेपछि चौकीका इन्चार्ज रहेका कुमार फुयाँलसहित ३ जनालाई हटाएर अनुसन्धान अघि बढाइएको थियो। सोमबार फुयाँलसहित प्रहरी सहायक हवलदार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तानेर अनुसन्धान थालिएको थियो ।
उक्त घटनामा पशु सेवा कार्यालय मकवानपुरले गोरु तस्कर भीम राईलाई ५ हजार रुपैयाँ जरिवाना मात्र तिराएर गोरुहरू फिर्ता गरिदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण