अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि झिके पारस्परिक करको विषय

वासिङटन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि पारस्परिक कर लगाउने कुरा दोहोर्याएका ।
अमेरिकामाथि जुन देशले जति अतिरिक्त महसुल लगाउँछ अमेरिकाले पनि ती देशमापथि त्यति नै अतिरिक्त महसुल लगाउने उनले बताए । ‘व्यापारमा, पारदर्शिताका लागि मैले पारस्परिक शुल्क लगाउने निर्णय गरेको छु,’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा उनले लेखेका छन्, ‘यसको अर्थ कुनै देशले अमेरिकामा जति कर लगाउँछन्, हामी त्यो देशमा पनि त्यति नै कर लगाउनेछौं । न कम न बढी ।’
अमेरिकाले बढी नै कर लगायो भन्ने कुनै देशलाई लाग्छ भने उसले अमेरिकामाथिको कर घटाउनुपर्ने उनको भनाइ थियो ।
सामानहरू अमेरिकामा बनेका छन् भने तिनीहरूमा कुनै शुल्क नलाग्ने पनि उनले पोस्टमा उल्लेख गरेका छन् । ट्रम्पले फेब्रुअरी १३ मा एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए, यसमा पारस्परिक करको योजना बनाउन आदेश दिइएको थियो ।
अब अमेरिकाले अरू देशले गरेको अत्यधिक मूल्य निर्धारण सहन नसक्ने पनि बताइएको छ । अमेरिका संसारको सबैभन्दा खुला अर्थतन्त्रमध्ये एक राष्ट्र भए पनि व्यापार साझेदारहरूले अमेरिकी निर्यातका लागि आफ्नो बजार बन्द राखेको ह्वाइट हाउसको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने