अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि झिके पारस्परिक करको विषय
वासिङटन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि पारस्परिक कर लगाउने कुरा दोहोर्याएका ।
अमेरिकामाथि जुन देशले जति अतिरिक्त महसुल लगाउँछ अमेरिकाले पनि ती देशमापथि त्यति नै अतिरिक्त महसुल लगाउने उनले बताए । ‘व्यापारमा, पारदर्शिताका लागि मैले पारस्परिक शुल्क लगाउने निर्णय गरेको छु,’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा उनले लेखेका छन्, ‘यसको अर्थ कुनै देशले अमेरिकामा जति कर लगाउँछन्, हामी त्यो देशमा पनि त्यति नै कर लगाउनेछौं । न कम न बढी ।’
अमेरिकाले बढी नै कर लगायो भन्ने कुनै देशलाई लाग्छ भने उसले अमेरिकामाथिको कर घटाउनुपर्ने उनको भनाइ थियो ।
सामानहरू अमेरिकामा बनेका छन् भने तिनीहरूमा कुनै शुल्क नलाग्ने पनि उनले पोस्टमा उल्लेख गरेका छन् । ट्रम्पले फेब्रुअरी १३ मा एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए, यसमा पारस्परिक करको योजना बनाउन आदेश दिइएको थियो ।
अब अमेरिकाले अरू देशले गरेको अत्यधिक मूल्य निर्धारण सहन नसक्ने पनि बताइएको छ । अमेरिका संसारको सबैभन्दा खुला अर्थतन्त्रमध्ये एक राष्ट्र भए पनि व्यापार साझेदारहरूले अमेरिकी निर्यातका लागि आफ्नो बजार बन्द राखेको ह्वाइट हाउसको भनाइ थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण