साझा यातायातको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक पक्राउ
मङ्गलबार, ०६ फागुन २०८१, १९ : ४६
काठमाडौँ । साझा यातायातको ठक्करबाट काठमाडौँको जमलमा साइकलयात्रीको मृत्यु भएको छ । मंगलबार बिहान विश्वज्योति हल नजिकै बा५ख ८७६१ नम्बरको बसको ठक्करबाट घाइते भएका अम्बर बहादुर बोगटीको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
मृतक ओखलढुंगाको रानीवन नगरपालिका–७ घर भएर डल्लु बस्दै आएका थिए । भोटाहिटीबाट त्रिचन्द्रतर्फ जाँदै गरेको साझा यातायातका चालक रामहरि नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिए ।
यसैबिच साझा यातायात सहरकारी संस्थाले घटनाबारे समवेदना व्यक्त गर्दै अनुसन्धानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण