संसद् भवन अगाडि सिलिण्डर बम राखेर भागेका भरत राई पक्राउ
काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि सिलिण्डर बम राखेर फरार भएका भरत कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा (विद्रोही) समूहको सदस्य हुँ भनेर चन्दा उठाउँदै गरेको अवस्थामा उनी बानेश्वरस्थित पञ्चकुमारी मार्गबाट पक्राउ परेका हुन् ।
२०७९ जेठमा उनले संसद् भवन अगाडि सिलिन्डर बम राखेर फरार भएको अनुसन्धानबाट थाहा भएको छ । उनलाई पक्राउ गरेर प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
उनी खोटाङको खोटेहाङ गाउँपालिकाका स्थानीय हुन् । २०६४ मंसिरमा बानेश्वर वृत्तमा उनीविरुद्ध हातहतियार खरखजाना, जिल्ला प्रहरी परिसर काठमाडौँमा २०७५ फागुनमा बैंकिङ कसुर, २०७५ माघमा बैंकिङ कसुर र २०७९ जेठमा बानेश्वरमा विष्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा दर्ता भएको भेटिएको छ । उनीविरुद्ध काठमाडौँ प्रहरीमा २०७९ असोजमा स्कुटर चोरी सम्बन्धी जाहेरी दर्ता भएको भेटिएको छ । उनी २०७९ फागुनमा काभ्रेमा डाँकाचोरी मुद्दामा पक्राउ परेका थिए ।
बानेश्वरका डीएसपी वीरेन्द्र गोदार नेतृत्वको टोलीले आरोपीको साथबाट नेपाल कम्युनिष्ट पार्टी (विद्रोही)को पर्चा, पम्प्लेटहरु, चन्दा रसिद र सो पार्टीका छाप बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीका कारण ताइवानमा हजारौँ विस्थापित
-
सार्वजनिक यातायातका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण