नवौँ निर्वाचन दिवस : १० जनालाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ सम्मान
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन दिवस’ विभिन्न कार्यक्रम गरी मनाएको छ । आयोगले संवत् २०१५ सालमा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको हो ।
यस वर्षको नवौँ निर्वाचन दिवस,२०८१ ‘निर्वाचनको प्रभावकारिता: निर्वाचन प्रक्रियामा आम नागरिकको सहभागिता’ भन्ने मूल नाराका साथ फागुन ६, ७ र ८ गते निर्वाचन आयोग र सबै निर्वाचन कार्यालयहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो । यसै क्रममा निर्वाचनसँग सम्बन्धित विभिन्न ५ वटा विषयहरू (निर्वाचन सुधारको मार्गचित्र, निर्वाचनमा सामाजिक सञ्जाल एवम् कृत्रिम बौद्धिकताको प्रयोग र प्रभाव, निर्वाचन व्यवस्थापनमा नागरिक सहभागिता, निर्वाचन र राजनीतिक दल र निर्वाचन र आम सञ्चार) मा विषय विशेषज्ञहरू र आयोगका पदाधिकारीहरू सम्मिलित परिसंवाद कार्यक्रम आयोजना गरिएको थियो ।
बुधबार आयोगको सभाहलमा आयोगका पदाधिकारी तथा आमन्त्रित अतिथि, सचिवालयका कर्मचारीहरू र निर्वाचन कार्यालयका सम्पूर्ण कर्मचारीहरू भर्चुअल माध्यमबाट सहभागी भई मूल समारोहको आयोजना गरियो । उक्त कार्यक्रमको अध्यक्षता एवम् उद्घाटन प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले गरेका थिए । यसै अवसरमा आयोग परिसरभित्र सरसफाइ कार्यक्रम समेत आयोजना गरिएको थियो ।
निर्वाचन दिवसको अवसरमा निर्वाचन स्मारिका, २०८१ र नेपालको निर्वाचन इतिहास भाग–३ को विमोचन गरिएको थियो । त्यसै गरी २०८० फागुन १ गतेदेखि २०८१ माघ मसान्तसम्म आयोग सचिवालयबाट अवकाश प्राप्त गर्ने पूर्व कर्मचारीहरूलाई सम्मान गरिएको थियो । साथै आयोग र अन्तर्गत कार्यालयहरूमा कार्यरत रही निर्वाचन सञ्चालन तथा व्यवस्थापन कार्यमा उत्कृष्ट कार्यसम्पादन गरी योगदान पुर्याउने १० जना कर्मचारीहरूलाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ सहित सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।
यसरी सम्मानित हुनेहरूमा निर्वाचन आयोगका शाखा अधिकृत युवराज गुरागाईँ, नायव सुब्बा हेमन्तराज ढकाल र कुचीकार लक्ष्मीनानी च्यामे तथा प्रदेश निर्वाचन कार्यालय, कोशी प्रदेश, विराटनगरका नायव सुब्बा तीर्थराज अधिकारी, प्रदेश निर्वाचन कार्यालय, मधेस प्रदेशका कम्प्युटर अपरेटर कृष्णचन्द्र राउत, जिल्ला निर्वाचन कार्यालय, सिन्धुलीका कम्प्युटर अपरेटर अस्मिता लुङ्गेली, जिल्ला निर्वाचन कार्यालय, तनहुँका कम्प्युटर अपरेटर दुर्गा माया आले, जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीका कम्प्युटर अपरेटर विनोद भट्टराई, जिल्ला निर्वाचन कार्यालय, कालिकोटका नायव सुब्बा धन बहादुर मल्ल र जिल्ला निर्वाचन कार्यालय, बाजुराका नायव सुब्बा अंगत बहादुर महत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण