चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छ : प्रमुख साह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन् । बुधबार काठमाडौँ महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख साहले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै पढाई बाहेकका सृजनात्मक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताए । उनले चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्नेमा समेत सहयोग पुर्याउने बताए ।
प्रमुख साहले महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरूलाई सिकाउन जरुरी रहेको समेत बताए । उनले प्रथम मेयर सिंहले काठमाडौँ महानगरमा विकासको ढोका खोल्ने काम गरेको उल्लेख गरे ।
उनले भने, ‘काठमाडौँ महानगरपालिकाका प्रथम मेयर प्रेमलाल (पिएल) सिंहज्यू एकदमै भिजिनरी हुनुहुन्थ्यो । उहाँको नाममा आयोजित यो कार्यक्रममा आउन पाउँदा झनै खुसी लागेको छ । उहाँको बारेमा स्कुलका नानिबाबुहरुलाई पनि सिकाउन पाइयो भने भोलिको दिनमा उहाँहरूलाई पनि एउटा प्रेरणा हुन्छ । लिडरसिपको प्रेरणा पनि चाहिन्छ ।’
प्रमुख साहले महानगरले विद्यार्थीलाई सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउन विभिन्न शैक्षिक कार्यक्रमहरू गर्दै आएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण