६ जना मृत अवस्थामा फेला
बुधबार, ०७ फागुन २०८१, १६ : १४
काठमाडौँ । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- सुनसरी, धरान उपमहानगरपालिका-६ सुनौलो बस्ती बस्ने ४२ वर्षीय रोशन विश्वकर्मा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- गोरखा, अजिरकोट गाउँपालिका-४ थरथरे भिर पाखामा सोही गाउँपालिका-२ खरिबोट सिरानडाँडा बस्ने ८० वर्षीय छेङि लामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- इलाम, माङसेबुङ गाउँपालिका-३ फुलुङगेस्थित माईखोलामा सोही गाउँपालिका-२ पावा बस्ने ७१ वर्षीय लालमान राई मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- झापा, कमल गाउँपालिका-४ चुलाचुलि मोडस्थित नालाको डिलमा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय अर्जुन लिम्बु मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ४७ वर्षीय दिनेश कुमार पुरी आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- धनकुटा, साँगुरीगढी गाउँपालिका-६ मालबाँसेस्थित जंगलको घोर्ले भिरमा सुनसरी धरान उपमहानगरपालिका-१२ चतारा लाइन बस्ने ५७ वर्षीया सन्च माया तामाङ बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण