कैलालीमा घरेलु हतियार देखाएर लुटपाट
धनगढी । कैलालीमा घरेलु हतियार देखाएर लुटपाट भएको छ । प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–१ सुखडमा मंगलबार राति एक लुटेरा समूहले घरेलु हतियार देखाएर लुटपाट भएको हो ।
करिब राति १० बजे तिर सुखड बजारको भजनी रोड मिलन चोकबाट शान्तिनगर घर जाने क्रममा स्थानीय साहानुराम डगौरा र अजय चौधरीलाई बाटोमा रोकेर लुटेरा समूहले घरेलु हतियार देखाई लुटपाट गरेको प्रहरीले जनाएको हो ।
मोटरसाइकलमा आएका ३ जना अपरिचित लुटेरा समूहले घरेलु हतियार देखाई नगद १० हजार र साहानुराम डगौराको नागरिकताको प्रमाणपत्र लुटेको भन्दै अजय चौधरीले उजुरी दिएको प्रहरीले जनाएको छ । उनले अनुसन्धान गरी आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालयमा निवेदन समेत दिएका छन् । उक्त निवेदनपछि लुटेरा समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कवीन्द्र बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण