कैलालीमा घरेलु हतियार देखाएर लुटपाट

धनगढी । कैलालीमा घरेलु हतियार देखाएर लुटपाट भएको छ । प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–१ सुखडमा मंगलबार राति एक लुटेरा समूहले घरेलु हतियार देखाएर लुटपाट भएको हो ।
करिब राति १० बजे तिर सुखड बजारको भजनी रोड मिलन चोकबाट शान्तिनगर घर जाने क्रममा स्थानीय साहानुराम डगौरा र अजय चौधरीलाई बाटोमा रोकेर लुटेरा समूहले घरेलु हतियार देखाई लुटपाट गरेको प्रहरीले जनाएको हो ।
मोटरसाइकलमा आएका ३ जना अपरिचित लुटेरा समूहले घरेलु हतियार देखाई नगद १० हजार र साहानुराम डगौराको नागरिकताको प्रमाणपत्र लुटेको भन्दै अजय चौधरीले उजुरी दिएको प्रहरीले जनाएको छ । उनले अनुसन्धान गरी आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालयमा निवेदन समेत दिएका छन् । उक्त निवेदनपछि लुटेरा समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कवीन्द्र बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै