लिग लिडर आरसीबीलाई पछ्याउँदै दिल्ली क्यापिटल्स
काठमाडौँ । भारतमा जारी महिला प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित हासिल गरेको छ । दिल्ली क्यापिटल्सले बुधबार राति खेलिएको खेलमा यूपी वारियर्सलाई सात विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा हालसम्म तीन खेल खेलेको दिल्ली क्यापिटल्सको यो दोस्रो जित हो । दिल्ली क्यापिटल्स चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलबाट चार अंक बटुलेको रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) तालिकाको पहिलो स्थानमा आसिन छ ।
दुई खेल खेलेको यूपी वारियर्सको भने यो लगातार दोस्रो हार हो । दुई खेल टुंग्याएको मुम्बई इन्डियन्स दुई अंकसहित तेस्रो र तीन खेलबाट दुई अंक हात पारेको गुजरात जायन्ट्स तालिकाको चौथो स्थानमा आसिन छन् ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूपी वारियर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको दिल्ली क्यापिटल्सले भने १९.५ ओभरमा केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
दिल्ली क्यापिटल्सको जितमा ओपनर मेग ल्यानिङले अर्धशतकीय पाली खेलिन् । टोलीकी कप्तान समेत रहेकी मेगले ६९ रन बनाइन् । उनले केवल ४९ बलको सामना गरी १२ वटा चौका हिर्काएकी थिइन् । अर्की ओपनर सफाली वर्मा भने २६ रन बनाउँदै आउट भएकी थिइन् ।
चौथो नम्बरमा क्रिज समाल्न आएकी एनाबेल सदरल्यान्डले पनि टोलीका लागि अविजित ४१ रनको योगदान गरिन् । उनले ३५ बलको सामना गरी चार चौका हिर्काइन् । उनी प्लेयर अफ दि म्याच पनि घोषित भइन् । मारिजेन कपले टोलीको खातामा अविजित २९ रन थपिन् ।
त्यसअघि, पहिले ब्याटिङ गरेको यूपी वारियर्सका लागि ओपनर किरन नवगिरले अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ५१ रन बनाएकी थिइन् । यस क्रममा उनले केवल २७ बलको सामना गरी तीन छक्का र ६ चौका हिर्काएकी थिइन् ।
स्वेता शेरावतले पनि टोलीको खातामा ३७ रन थपिन् । उनले ३३ बलमा एक छक्का र चार चौका प्रहार गरिन् । चिनेल हेनरी ३३ रनमा अविजित रहिन् । उनले १५ बलमा तीन छक्का र तीन चौका प्रहार गरिन् । दिल्ली क्यापिटल्सकी बलर अनाबेल सदरल्यान्डले दुई किेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अधिकारीको प्रश्न, ‘ठेकेदारहरूलाई ढिलासुस्तीको आरोपमा कानुनी कारबाहीको सिफारिस किन नगरेको?’
-
योजना आयोगलाई सांसदको प्रश्न : गौरवका आयोजनाको कमजोर प्रगतिको जिम्मा आयोगले लिन्छ ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सजाय निर्धारणका लागि आज पेसी
-
गौरवका आयोजनाहरूको लागत वृद्धि प्रति सांसद जगदीश खरेलको आपत्ति
-
‘अपर तामाकोशीको लागत कसरी बढ्यो, छानबिन समिति गठन गरौं’
-
उत्कर्ष र विचलनबाट हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण