गायक कुमा सागरलाई गिज्याउनेमाथि कारबाही नगरेको भन्दै प्रदर्शन, तस्बिरहरू
काठमाडौँ । गायक कुमा सागरलाई गिज्याउनेमाथि कारबाही नगरेको भन्दै सम्पदा संरक्षण महाअभियानले बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौँ अगाडि प्रदर्शन गरेको छ ।
_QoC7QKgpQp.jpg)
नेपाल भाषाको लवजमा गीत गाएर गायक कुमा सागरलाई गिज्याएको आरोपमा ४ जनाविरुद्ध प्रहरीमा निवेदन दर्ता गरिएको छ । उनीहरूले कमेडियन सजन श्रेष्ठ, सुजन जिम्बा र उत्सव सापकोटासहित पोडकास्ट चलाउने सुशान्त प्रधानविरुद्ध निवेदन दिएका हुन् । कुमा सागरलाई गिज्याएर सम्पूर्ण नेवार समुदायको आत्मसम्मानमा चोट पुगेको निवेदनमा दाबी गरिएको छ ।
_wP0fO4w6XE.jpg)
‘निवेदन दिएको ४८ घण्टा बितिसक्दा पनि प्रहरी प्रशासनद्वारा हाम्रो मातृभाषाको लवजलाई अश्लील तथा हेय भावले प्रस्तुत गर्दै सामाजिक सद्भावमा खलल पुर्याउनेहरूलाई अहिलेसम्म पक्राउ नगरेको हुँदा पक्राउ गराउनको लागि दबाब दिएका हौँ,’ प्रदर्शनमा सहभागी एक जनाले रातोपाटीलाई बताए ।
_q63PhLLLrB.jpg)
यता विवादबारे दुवै पक्षलाई राखेर छलफल गराइने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । ‘चारै जना हाम्रो सम्पर्कमा हुनुहुन्छ । आज सबैलाई बोलाएर छलफल गराउँदै छौँ,’ ती अधिकृतले भने ।
_zk8znuWA9d.jpg)
_5eXaVvqV24.jpg)
_yU5MgTFprT.jpg)
_yBTRZIO5Zn.jpg)
_Ki6psMbnq1.jpg)
_QBOOvRKz8t.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण