नेकपा एमालेका वडा सदस्यद्वारा विद्युत् कर्मचारीमाथि दुर्व्यवहार
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–३ का नेकपा एमालेबाट निर्वाचित वडा सदस्य परीक्षण महतोले नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीमाथि गालीगलौज गर्दै दुर्व्यवहार गरेका छन् । विद्युत् महसुल नतिरेको कारण लाइन काटेपछि उनले सम्बन्धित कर्मचारीलाई “मेरो लाइन किन काटिस् ? तिमीलाई काटेर फालिदिन्छु!” भन्ने धम्कीपूर्ण शब्द प्रयोग गरेका छन्, जसको भिडियोसमेत सार्वजनिक भएको छ ।
घटना फागुन ६ गते, मंगलवार राति करिब ९ बजे, हरिवन–३ स्थित धारटोलमा भएको हो । प्राप्त जानकारीअनुसार, वडा सदस्य महतोले लामो समयदेखि विद्युत् महसुल तिरेका थिएनन् । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण शाखाका कर्मचारीहरूले प्रक्रिया अनुसार महतोको घरको विद्युत् लाइन काटेका थिए । सोही घटनाको रिसमा उनले हरिवन – २ निवासी तथा विद्युत् प्राधिकरणका कर्मचारी अशोक कुमार कुशवाहामाथि दुर्व्यवहार गरेका हुन् ।
घटनाका बेला कुशवाहा हरिवन – ३ धारटोल निवासी रामबृक्ष महतोको घरमा भोज खाइरहेका थिए । त्यही क्रममा वडा सदस्य महतो पुगेका थिए र आक्रोशित हुँदै अपशब्द प्रयोग गर्दै उनीमाथि धम्की दिएका थिए ।
एक निर्वाचित जनप्रतिनिधिद्वारा सरकारी कर्मचारीमाथि यस प्रकारको अभद्र व्यवहार हुनु गम्भीर विषय हो । स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूले घटनाबारे आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउने स्थानीयले अपेक्षा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव बैठकका २२ निर्णय : सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनेदेखि नयाँ दरबन्दीमा कडाइसम्म
-
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
-
खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
-
सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण