१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगलाई प्रष्टीकरण दिएको छ ।
- मानवअधिकार आयोगले रास्वपालाई पठाएको पत्रको जवाफमा १८ वर्षभन्दा कम उमेरका सदस्यको संख्या वास्तविक अभिलेखमा नभई प्रारम्भिक आवेदन विवरणको आधारमात्र भएको र उक्त उमेर समूहका व्यक्ति पार्टी सदस्य भएको भन्ने प्रतिवेदनमा परेको भूलवश उल्लेख भएको जवाफ दिएको छ ।
- रास्वपाले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, बालबालिकासम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाउने नीति र अभ्यास आफ्नो पार्टीको नरहेको स्पष्ट पारेको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरेकोबारे राष्ट्रिय मानव अधिकार आयोगलाई प्रस्टीकरण दिएको छ ।
संविधान विपरीत बालबालिकालाई पार्टी सदस्य बनाएको सार्वजनिक भएपछि मानवअधिकार आयोगले चासो राख्दै यसको वास्तविकताबारे जानकारी गराउन रास्वपालाई पत्र काटेको थियो ।
आयोगले गत असार १५ गते रास्वपालाई पत्र पठाउँदै त्यसबारे सत्यतथ्य जानकारी दिन भनेको थियो । रास्वपाले आयोगको पत्रको जवाफ पठाएको मानवअधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए ।
‘सोधिएको प्रश्नको जवाफ आइसकेको छ’, प्रवक्ता पोखरेलले भने, ‘अनुसन्धान महाशाखाले जवाफ आएको जानकारी गराएको छ ।’
मानवअधिकार आयोग स्रोतका अनुसार रास्वपाले १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना सदस्य रहेको भन्ने विषय वास्तविक सदस्यता अभिलेखमा नभई प्रारम्भिक आवेदन विवरणको आधारमात्र भएकाले उक्त उमेर समूहका व्यक्ति पार्टी सदस्य भएको भनेर भूलवश प्रतिवेदनमा परेको भन्ने जवाफ आयोगलाई दिएको छ ।
साथै नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, बालबालिकासम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाउने नीति र अभ्यास आफ्नो पार्टीको नरहेको पनि स्पष्ट पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन पुरस्कार विजेता विवेकको ‘मौन कोलाहल’ बजारमा
-
देशभरका १३ सडक अवरुद्ध (सूचीसहित)
-
प्रश्नपत्र लिक गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्री मोदीको प्रतिबद्धता, संयम अपनाउन अपिल
-
कांग्रेसको अभूतपूर्व एकताले मात्रै देशका चुनौती सामना गर्न सक्छ : महर
-
ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो (तस्बिरहरू)
-
बंगलादेशविरुद्धको टेस्ट शृङ्खलाका लागि कमिन्स, हेजलवुड र लायनको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण