स्कुटर चोरीको अभियोगमा एक जना पक्राउ
सोमबार, ०४ साउन २०८३, १३ : ०९
भक्तपुर । सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सिन्धुली मरिण गाउँपालिका-४ घर भई काठमाडौँ गोकर्णेश्वर बस्ने ३१ वर्षीय माइते सिं स्याङ्तानलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट साउन १ गते राति बा.प्र.०२-०६४ प ६६६८ नम्बरको स्कुटर हराएको भन्दै पीडितले उजुरी दिएका थिए। उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले खोजी सुरु गरेको थियो।
खोजी गर्ने क्रममा उक्त चोरी कार्यमा संलग्न स्याङ्तानलाई सूर्यविनायक नगरपालिका-१ सल्लाघारीबाट चोरी भएको स्कुटरसहित प्रहरीले पक्राउ गरेको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण