मेस्सीको उत्कृष्ट प्रदर्शनपछि हारबाट जोगियो इन्टर मियामी
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शनपछि इन्टर मियामी मेजर लिग सकर (एमएलएस) को नयाँ सिजनको आफ्नो पहिलो खेलमा सम्भावित हारबाट जोगिएको छ ।
आइतबार विहान सम्पन्न खेलमा हारको अत्यन्तै नजिक पुगेको इन्टर मियामीले अन्तिम समयमा आएर न्यू योर्क सिटी एफसीलाई २–२ गोलको बराबरीमा रोकेको हो । खेलको प्रारम्भमै इन्टर मियामी १० खेलाडीमा समेटिएको थियो । निर्धारत समयको २३औँ मिनेटमा इन्टर मियामी टोमस एभिल्स सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
त्यसअघि, निर्धारित समयको पाँचौँ मिनेटमै एभिल्सले नै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । एभिल्सलाई उक्त गोलका लागि मेस्सीले नै उत्कृष्ट पास उपलब्ध गराएका थिए । इन्टर मियामी १० खेलाडीमा समेटिएलगत्तै न्यू योर्क सिटीले जवाफी गोल फर्काएको थियो । न्यू योर्क सिटीका लागि निर्धारित समयको २६औँ मिनेटमा मिट्जा इलेनिकले जवाफी गोल गरेका थिए ।
त्यसपछि खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । निर्धारित समयको ५५औँ मिनेटमा एलोन्सो मार्टिनेजले न्यू योर्क सिटीलाई अग्रता दिलाएका थिए । खेलमा न्यू योर्क सिटी जितको नतिजा पुगिसकेको थियो । तर, इन्जुरी समयको १०औँ मिनेटमा टेलास्को सेगोभियाले गोल गर्दै इन्टर मियामीलाई सम्भावित हारबाट जोगाएका थिए ।
टेलास्कोलाई पनि गोलका लागि कीर्तिमानी रुपमा आठ पटकका बालेन डी’ओर विजेता स्टार मेस्सीले नै कलात्मक पास उपलब्ध गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण