पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा प्रारम्भिक चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबिचको भिडन्त जारी रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनलमा पुगिसकेका दुई टोलीबिचको खेलमा निकै रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ २–२ को बराबरीमा टुंगिएको हो ।
खेलमा नेपालले दुईपटक कम्ब्याक गर्दै खेल बराबरी गरेको हो । घरेलु टोली छैटौँ मिनेटमा नै पछि परेको थियो । म्याट नोई खिनको फ्रिकिक गोलमा परिणत भएपछि खेलको सुरुवातमा नै नेपाललाई झट्का लागेको थियो ।
तर, म्यानमारको अग्रता लामो समय टिक्न सकेन । ११ औँ मिनेटमा साबित्रा भण्डारीको शानदार पासमा सविता रानामगरले नेपाललाई खेलमा फर्काइन् ।
यद्यपि, १७ औँ मिनेटमा नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै म्यानमारले पुनः अग्रता लियो । मे हेट लुले प्रतियोगितामा तेस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाइन् ।
नेपालले ४१ औँ मिनेटमा पुनः कम्ब्याक गर्यो । यसपटक प्रीति राईको पासमा साबित्रा भण्डारीले नेपाललाई खेलमा फर्काइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
-
सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्यो : सिभिल सहकारी पीडित
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण