विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने भएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि खाद्य स्वच्छता तथा गुणस्तर नियमावली तयार गर्न नियमावलीको मस्यौदा तयार गर्ने भएको हो ।
विभागमा आज खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको तेस्रो पूर्ण बैठकमा सो विषयमा छलफल भएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ऐनको दफा ५ बमोजिम “खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति” को व्यवस्था छ । बैठकमा समितिका अध्यक्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि विकास) डा. गोविन्दप्रसाद शर्माको अध्यक्षतामा विभागको कर्मचारीको सहभागिता थियो ।
बैठकले प्राप्त राय तथा सुझावहरू समेटी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ७ बमोजिम रोल्ड ओट्सको स्वच्छता एवं गुणस्तर मापदण्डलाई बैठकमा छलफल भएअनुसार परिमार्जन गरी स्वीकृत गर्ने र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत नेपाल सरकारमा सिफारिस गर्ने निर्णय भएको थियो । यस्तै, स्थानीय परम्परागत खाद्य पदार्थ मस्यौदाको स्वच्छता तथा गुणस्तर मापदण्ड समेत स्वीकृत गरी सिफारिस गर्ने निर्णय भएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण