१० बजे १० समाचार : प्रधानमन्त्रीको राजीनामा मागदेखि नयाँ सुरक्षा चुनौतीबारे रणनीतिमा सेनासम्म
आज २०८१ फागुन ११ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता, सम्भावित नयाँ सुरक्षा चुनौतीबारे रणनीति बनाउँदै सेना, पूर्वराजाको अभिव्यक्तिबारे कांग्रेस–एमाले प्रतिवादमा उत्रिँदा माओवादी मौन, त्रिशूली नदीमा खसेर बेपत्ता भएको १० दिनपछि शव फेला, एनआरएनए विवादमा फैसला कार्यान्वयनका लागि सर्वोच्चले पठायो पत्र लगायत छन् ।
१. मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
विभागीय मन्त्री दीपक खड्काको विरोध गरेको भन्दै एक कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्र काटेको छ ।
२. सम्भावित नयाँ सुरक्षा चुनौतीबारे रणनीति बनाउँदै सेना
नेपाली सेनाले अन्तर्राष्ट्रिय परिस्थितिको असर नेपालमा पनि पर्न सक्ने भन्दै नयाँ रणनीतिका सार्थ समन्वय प्रणालीलाई समयानुकुल बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।
३. पूर्वराजाको अभिव्यक्तिबारे कांग्रेस–एमाले प्रतिवादमा उत्रिँदा माओवादी मौन
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको भिडियो सन्देशबारे संसदमा कांग्रेस–एमालेले प्रतिवाद गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र भने यो प्रकरणमा मौन देखिएको छ ।
४. त्रिशूली नदीमा खसेर बेपत्ता भएको १० दिनपछि शव फेला
त्रिशूली नदीमा खसेर बेपत्ता भएका एक युवकको शव १० दिनपछि फेला परेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल दुर्घटना भइ त्रिशुली नदीमा हराइरहेका रोहित रानाको शव १० दिनपछि फेला परेको हो ।
५. एनआरएनए विवादमा फैसला कार्यान्वयनका लागि सर्वोच्चले पठायो पत्र
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको महाधिवेशन गराउने जिम्मेवारी पाएको उच्चस्तरीय समितिलाई संघको कार्यालय बुझाउन सर्वोच्च अदालतले बद्री केसी पक्षलाई निर्देशन दिएको छ ।
६. १० दिन यता कांग्रेसमा महाधिवेशन केन्द्रित चार वटा गुटगत भेला
नेपाली कांग्रेसको १५औँ महाधिवेशन कहिले हुने भन्नेबारे केन्द्रीय कार्यसमितिले अहिलेसम्म निर्णय गरेको छैन । तर, महाधिवेशनको मिति निश्चित नहुँदै नेताहरू भने महाधिवेशनको तयारीका लागि गुटगत भेलामा सक्रिय भएका छन् । फागुन महिना लागेपछि मात्रै १० दिनको अवधिमा महाधिवेशन केन्द्रित चार वटा गुटगत भेला गरिएका छन् ।
७. पाँच वर्षमा साढे १० हजार प्रहरीमाथि कारबाही
संगठनले दिएको जिम्मेवारी प्रतिकूल काम गरेको आरोपमा पछिल्लो पाँच वर्षमा साढे १० हजार प्रहरीमाथि कारबाही भएको छ । कानुन पालना गराउने तथा शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका प्रहरी नै कसरी जिम्मेवारी विमुख हुँदै कारबाहीमा पर्छन् ? यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
८. माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्गप्रशस्त गर्न माग गरेका हुन् ।
९. पशुपति क्षेत्रमा देखिन थाल्यो शिवरात्रिको रौनक
पशुपति क्षेत्रमा शिवरात्रिको रौनक देखिन थालेको छ । पशुपति परिसरमा साधुसन्तहरूको आगमन हुन थालेको छ ।
१०. विप्लव नेतृत्वको नेकपाले दियो अमेरिकी राष्ट्रपतिलाई धन्यवाद
विप्लव नेतृत्वको नेकपाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण