पत्रकार सम्मेलन
नेपाल शान्ति सैनिक पठाउने राष्ट्रको अग्रणी सूचीमा, हालसम्म ७३ सैनिकको मृत्यु
आइतबार, ११ फागुन २०८१, १५ : १९

काठमाडौँ । नेपाल विश्वमा शान्ति स्थापना कार्यका लागि शान्ति सैनिक पठाउने सूचीमा अग्रणी स्थानमा रहेको छ । महिला र पुरुष दुवै शान्ति सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल अग्रणी स्थानमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सेनाका अनुसार हाल ११ वटा मिसनहरूमा नेपाली सेनाका महिला सैनिक ६४२ सहित कुल ५ हजार ९१३ जना शान्ति सैनिकहरूको सहभागिता छ । यस्तै संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्व शान्ति कार्य र स्थायित्वको लागि सुरुदेखि हालसम्म विभिन्न ४४ वटा विभिन्न मिसनहरूमा १ लाख ५४ हजार ३ सय ४० जना नेपाली शान्ति सैनिकहरू खटाइसकिएको छ ।
यस कार्यको दौरान ७३ जना वीर सपूत सैनिकहरूले मृत्यु भएको र ६९ जना सैनिकहरू घाइते भई आजीवन असहज जीवनयापन व्यतीत गरिरहेको सेनाले जनाएको छ ।