समाचार
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
आइतबार, ११ फागुन २०८१, १६ : ०४
काठमाडौँ । विभागीय मन्त्री दीपक खड्काको विरोध गरेको भन्दै एक कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्र काटेको छ ।
दूधकोशी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले मन्त्रालय र मन्त्रीकाबारे सामाजिक सञ्जालमा गैर जिम्मेवार ढङ्गले समाचार सम्प्रेषण गरेको भन्दै मन्त्रालयले उनलाई सो जिम्मेवारीबाट तत्काल हटाउन प्राधिकरणलाई निर्देशन दिएको हो ।
'नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल गरी निर्देशन समेत भएकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१-११-८ को सविस्तारको निर्णयअनुसार अनुरोध छ', शाखा अधिकृत यत्र प्रसाद सुवेदीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
-
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण