१ करोड २४ लाखबाट सुरु भएको सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब रुपैयाँ पुग्यो

काठमाडौँ । सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको छ । सेनाले आइतबार पत्रकार सम्मेलन गरेर कोषमा भएको रकमबारे जानकारी गराएको हो ।
२०३२ सालमा १ करोड २४ लाख रुपैयाँबाट सुरु भएको कल्याणकारी कोष २०८१ साल पौष मसान्तसम्म आइपुग्दा बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको सेनाको भनाइ छ ।
जसमध्ये बैङ्क तथा वित्तीय संस्थाहरूमा नगद मौज्दात ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ र विभिन्न परियोजनाहरुमा लगानी ७ अर्ब ७२ करोड ४४ लाख रहेको सेनाको भनाइ छ ।
यद्यपि निक्षेपको प्रतिशतमा आएको गिरावटले नेपाली सेनाका सेवाग्राही लक्षित कल्याणकारी कार्यहरू तथा सार्वजनिक दायित्वहरू प्रभावित हुने देखिएको सेनाको भनाइ छ ।
कोषको लगानीको रूपमा रहेको ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँमध्ये नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा रु २ अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा मात्रै १ अर्ब ६० करोड ६० लाख लगानी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फास्ट ट्र्याक निर्माण सम्बन्धमा प्रतिनिधिसभामा ध्यानाकर्षण पत्र दर्ता
-
तस्बिरमा हेर्नुहोस् कक्षा १२ को परीक्षा
-
कहिले सञ्चालनमा आउँछ अवरुद्ध कान्ति लोकपथ ?
-
यसरी हुँदै छ शिक्षक र सरकारबिचको ९ बुँदे सहमति कार्यान्वयन
-
वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित
-
कक्षा १२ को परीक्षा सुरु, परीक्षा हलभित्र मोबाइल फोन र स्मार्ट घडी लैजान निषेध