एमसीसी स्थगन गरेकोमा विप्लव नेतृत्वको नेकपाद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) स्थगन गरेकोमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धन्यवाद दिएको छ । ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको सङ्घर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
‘डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले नेपालमा एमसीसी कम्प्याक्ट पनि ९० दिनको लागि स्थगन भएको छ । एमसीसी कम्प्याक्टको तयारी र त्यसको कार्यान्वयनको समयदेखि नै आम नेपाली जनताले देशको राष्ट्रिय स्वाधीनता र आफ्नो राजनीीतक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै सुरुकै दिनबाट सङ्घर्ष गर्दै आइरहेको छ । एमसीसी कम्प्याक्टले नेपाली जनताको सङ्घर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।
एमसीसी हिन्द–प्रशान्त रणनीतिको अङ्ग भएको भन्दै देश र जनताले अकल्पनीय क्षति व्यहोर्नुपर्ने आम नेपाली जनताको जबरजस्त मत रहँदै आएको उल्लेख गरेको छ । एमसीसीलाई सधैँको लागि खारेज गरी नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदान गर्न नयाँ विकास परियोजना मार्फत सहयोग अगाडि बढाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग