एमसीसी स्थगन गरेकोमा विप्लव नेतृत्वको नेकपाद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) स्थगन गरेकोमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धन्यवाद दिएको छ । ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको सङ्घर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
‘डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले नेपालमा एमसीसी कम्प्याक्ट पनि ९० दिनको लागि स्थगन भएको छ । एमसीसी कम्प्याक्टको तयारी र त्यसको कार्यान्वयनको समयदेखि नै आम नेपाली जनताले देशको राष्ट्रिय स्वाधीनता र आफ्नो राजनीीतक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै सुरुकै दिनबाट सङ्घर्ष गर्दै आइरहेको छ । एमसीसी कम्प्याक्टले नेपाली जनताको सङ्घर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।
एमसीसी हिन्द–प्रशान्त रणनीतिको अङ्ग भएको भन्दै देश र जनताले अकल्पनीय क्षति व्यहोर्नुपर्ने आम नेपाली जनताको जबरजस्त मत रहँदै आएको उल्लेख गरेको छ । एमसीसीलाई सधैँको लागि खारेज गरी नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदान गर्न नयाँ विकास परियोजना मार्फत सहयोग अगाडि बढाउन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण