सेनाले जिम्मा पाएका ३२ वटा सडक आयोजना सम्पन्न, के हुँदैछ फास्ट ट्र्याक ?
काठमाडौँ । नेपाली सेनाले आफूले जिम्मेवारी पाएकामध्ये हालसम्म ३२ वटा सडक आयोजना सम्पन्न गरिसकेको जनाएको छ । त्यस क्रममा १ हजार ४ सय किलोमिटर भन्दा बढी सडकको पाईलट ट्र्याक खोली नेपाल सरकारलाई हस्तान्तरण गरिएको सेनाको भनाइ छ ।
यस्तै हाल ४ वटा सडक आयोजनाहरु (खाँदबारी–किमाथाङ्का सडक, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक, कर्णाली कोरिडोर सडक र दार्चुला–टिंकर सडक) अन्तर्गत २ सय किलोमिटर भन्दा बढी सडक निर्माण भइरहेको सेनाले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
राष्ट्रिय गौरवका आयोजनाहरुलाई तोकिएकै मितिमा निर्माण कार्य सम्पन्न गर्न नेपाली सेनाले प्राथमिकताका साथ कार्य गरिरहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । जसअनुसार काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजना काम भइरहेको सेनाले जनाउको छ ।
उक्त आयोजना निर्माण तथा व्यवस्थापनको जिम्मेवारी सेनाले २०७४ साल वैशाख २१ गते पाएको थियो । कुल ७०.९७७ किलोमिटर लम्बाई रहेको सो आयोजनाको भौतिक प्रगति ३८.२६ प्रतिशत र वित्तीय प्रगति ३९.८४ प्रतिशत रहेको सेनाको भनाइ छ ।
त्यसैगरी, आयोजना अन्तर्गत रहेका जम्मा ७ वटा सुरुङ्गहरु मध्ये २ वटा सुरुङ्गको ब्रेकथ्रु सम्पन्न भईसकेको र २ वटा सुरुङहरु निर्माणाधीन रहेको सेनाको भनाइ छ । यस्तै अन्य ३ वटा सुरुङ्गहरुको डिजाइन तथा पूर्व तयारीका कार्यहरु भइरहेको छ ।
विविध कारणले गर्दा सडक आयोजनाको भौतिक प्रगति अपेक्षा अनुसार नभएतापनि लक्ष्य अनुसार कार्य सम्पन्न गर्न कोशिस भईरहेको सेनाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण