कोशी प्रदेश सभामा ‘राजा’ शब्द निषेध
विराटनगर । कोशी प्रदेशसभामा प्रयोग भएको ‘राजा’ शब्दलाई रेकर्डबाट हटाइएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै राप्रपा सांसद सविना बजगाईँले देशमा धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र डलर खाएर डलरे नेताहरूले ल्याएको भनेकी थिइन् ।
त्यसप्रति नियमापत्ति जनाउँदै एमाले प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले डलरवादी भन्ने शब्द रेकर्डबाट हटाउन माग गरे ।
‘राजाले प्रजातन्त्र दिवसको अवसरमा जनतालाई शुभकामना दिएको विषयलाई लिएर गणतन्त्रका मसिहा ठान्ने केही नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति सञ्चार माध्यममा आएको देखिएको छ । यस कुराको म घोर निन्दा र भर्त्सना गर्दछु । यी सबै अभिव्यक्ति विदेशबाट आउने डलरको भरमा आएका हुन्,’ बजगाईले भनिन् ।
उनले बोलि नसक्दै एमालेका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले नियमापत्ति जनाए र भने, ‘डलर खाएको भनेर अप्रमाणित कुरा बोल्नु भएको छ । कि प्रमाण पुर्याउन अनुरोध गर्दछु । नभए त्यो शब्द हटाउन माग गर्दछु ।’
डलर खाएको पुष्टि गर्न सभामुखले बजगाईलाई फेरि समय दिए । त्यसक्रममा बजगाईले फेरि भनिन्, ‘संघीयता, धर्मनिरपेक्ष र गणतन्त्र लाद्नका लागि विदेशबाट विभिन्न माध्यमबाट डलर भित्रिएको कुरा अहिले अमेरिकाका राष्ट्रपतिबाट पनि सार्वजनिक भएको छ । सदन मार्फत पनि यो कुरा आइरहेको अवस्थामा यो कुरा तथ्यमा टेकेरै हामीले डलरवादी भनेका हौँ । धर्म निरपेक्ष र गणतन्त्र लाद्नका लागि विदेशबाट परिचालित छ र यो गणतन्त्र यही सदनबाट खारेजको माग गर्न चाहन्छु ।’
समय नदिँदै फेरि लिङ्थेपले ‘सभामुखले नै दोहोरी गराउने कोसिस गर्नुभएको भए केही राख्नु पर्यो’ भन्दै आफ्नो कुरा सुरु गरे । ‘संघीयता, धर्मनिरपेक्षता यही व्यवस्थामा बसेर यही सदनभित्र खारेज गर्न पाइने कि नपाइने सभामुखज्यू ? संविधानमा भएको व्यवस्थाभित्र बसेर यो नै खारेज गर्नुपर्छ भन्ने घोर आपत्ति जनक छ । यो भन्न पाइँदैन । राजाले बोल्नु भो । राजाले बोल्ने कुरामा केही नेताले आपत्ति गर्नुभयो । तर, आपत्ति गर्ने कुरा लोकतन्त्रले दिएको अधिकारकै विषय हो । हामीले लडेर ल्याएकै अधिकारको विषय हो सभामुख महोदय ! त्यो हिसाबले डलर खाने, डलरेहरू भनेर भन्न पाइन्छ कि पाइँदैन सभामुख महोदय ? यो रेकर्डबाट हटाउनु पर्छ ।’
लिङ्थेपले ‘राजाले बोलेको’ भन्ने शब्दप्रति फेरि माओवादी सांसद गोम्बु शेर्पाले नियमापत्ति गरे । उनले भने, ‘नेपालको संविधानले र प्रदेशसभा नियमावलीले राजा चिन्दैन । अहिलेको संविधानमा वा नेपालमा कोही राजा छैन । त्यसकारण यो राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस् ।’
केही बेरको दोहोरी पछि सभामुख अम्बरबहादुर विष्टले यो राजा शब्द र डलर खाएको भन्ने विषय पनि अप्रमाणित कुरा भएकोले त्यो पनि हटाउन संसद् सचिवालयलाई आग्रह गरे ।
यद्यपि विशेष समय लिएर बोलेका राप्रपा दलका नेता भक्तिप्रसाद सिटौलाले राजा नेपाली जनताको मनमनमा भएको कारण संविधानले चिनेको जिकिर गरे । केही नेताहरूले राजालाई देश निकाला गर्छु भनेकोप्रति पनि उनले आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण