सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’

काठमाडौँ । काठमाडौँ–तराई मधेस द्रुत मार्गको भौतिक प्रगति हलसम्म ३८ दशमलव २६ प्रतिशत पुरा भएको सेनाले जनाएको छ । आइतबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा आयोजना प्रमुख (उपरथी) कमलविक्रम शाहले २०८३ चैतभित्रै आयोजना पुरा गर्ने गरी काम भइरहेको बताए ।
सडक निर्माणमा आवश्यक रुख कटान प्रक्रिया झन्झटपूर्ण रहेको सेनाको भनाइ छ । रुख कटान प्रक्रिया भइरहेको उल्लेख गर्दै आयोजना प्रमुख शाहले भने– ‘रुख कटान प्रक्रियामा जाँदा ११ महिना लाग्छ ।’
२०७८ वैशाखबाट द्रुतमार्ग निर्माणको काम थालेको सेनाले भौतिक प्रगति अहिले थोरै देखिए पनि पछि ह्वात्तै बढ्ने दाबी गरेको छ । उपरथी शाह भन्छन्– ‘गाह्रो काम अहिले गरिरहेका छौँ, दिनरात लागेर उपलब्धि हासिल गर्ने प्रयासमा छौँ ।’
रुख कटानले गाह्रो बनाएको सेनाको भनाइ छ । ललितपुरको खोकनामा द्रुतमार्ग निर्माण गर्नेबारे स्थानीयले गरेको विरोधका कारण आयोजनाको समय लम्बिनेतर्फ सेनाले सङ्केत गरेको छ । उपरथी शाह भन्छन्– ‘खोकनाको विवादका कारण समय बढ्न सक्छ ।’
गत असोजमा परेको अविरल वर्षाको कारण मख्खुबेसी देखि सिस्नेरीसम्मको भौगोलिक अवस्थामा परिवर्तन आएको सेनाले जनाएको छ । उपरथी शाहले भने– ‘असोजको वर्षाको कारण पुलको उचाइ बढाउनुपर्ने अवस्था आएको छ ।’
७ वटा सुरुङमध्ये २ वटा सुरुङ ब्रेक थ्रु भएको र लक्ष्य अनुसार काम सम्पन्न गर्ने कोसिस भइरहेको सेनाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी