सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
काठमाडौँ । काठमाडौँ–तराई मधेस द्रुत मार्गको भौतिक प्रगति हलसम्म ३८ दशमलव २६ प्रतिशत पुरा भएको सेनाले जनाएको छ । आइतबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा आयोजना प्रमुख (उपरथी) कमलविक्रम शाहले २०८३ चैतभित्रै आयोजना पुरा गर्ने गरी काम भइरहेको बताए ।
सडक निर्माणमा आवश्यक रुख कटान प्रक्रिया झन्झटपूर्ण रहेको सेनाको भनाइ छ । रुख कटान प्रक्रिया भइरहेको उल्लेख गर्दै आयोजना प्रमुख शाहले भने– ‘रुख कटान प्रक्रियामा जाँदा ११ महिना लाग्छ ।’
२०७८ वैशाखबाट द्रुतमार्ग निर्माणको काम थालेको सेनाले भौतिक प्रगति अहिले थोरै देखिए पनि पछि ह्वात्तै बढ्ने दाबी गरेको छ । उपरथी शाह भन्छन्– ‘गाह्रो काम अहिले गरिरहेका छौँ, दिनरात लागेर उपलब्धि हासिल गर्ने प्रयासमा छौँ ।’
रुख कटानले गाह्रो बनाएको सेनाको भनाइ छ । ललितपुरको खोकनामा द्रुतमार्ग निर्माण गर्नेबारे स्थानीयले गरेको विरोधका कारण आयोजनाको समय लम्बिनेतर्फ सेनाले सङ्केत गरेको छ । उपरथी शाह भन्छन्– ‘खोकनाको विवादका कारण समय बढ्न सक्छ ।’
गत असोजमा परेको अविरल वर्षाको कारण मख्खुबेसी देखि सिस्नेरीसम्मको भौगोलिक अवस्थामा परिवर्तन आएको सेनाले जनाएको छ । उपरथी शाहले भने– ‘असोजको वर्षाको कारण पुलको उचाइ बढाउनुपर्ने अवस्था आएको छ ।’
७ वटा सुरुङमध्ये २ वटा सुरुङ ब्रेक थ्रु भएको र लक्ष्य अनुसार काम सम्पन्न गर्ने कोसिस भइरहेको सेनाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण