धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक
म्याग्दी । सडक सुविधा पुगेसँगै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाको बगर, सिम्कोसका साथै चेचुङ र खिवाङ गाउँका बासिन्दा लाभान्वित भएका छन् ।
धौलागिरि आधार शिविर जाने पदमार्गको अन्तिम मानव बस्ती बगरमा गत हप्ता सडक पुगेको हो । धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले निर्माणाधीन जलविद्युत् आयोजनाको पहुँच मार्ग र सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत निर्माण भएको सडकबाट स्थानीयवासीलाई सुविधा पुगेको बताए ।
धौलागिरि गाउँपालिका–४ मा निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले मालिका गाउँपालिका–७ शिवरात्रि खोलादेखि बगरसम्म १५ किलोमिटर पहुँचमार्ग निर्माण गरेका हुन् ।
अहिले सो क्षेत्रमा सडकमा जिप, ट्र्याक्टर, मोटरसाइकल चल्न थालेका छन् । धौलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी, गुर्जा, दरखोलामा तीन वटा जलविद्युत् आयोजना निर्माण सुरू भएका र पाँच वटा निर्माणको तयारीमा रहेका मध्य धेरैजसोको निर्माण् स्थल वडा नं ४ को भूगोलमा पर्छ ।
आइतबार धौलागिरि गाउँपालिका–४ बगर पुगेका म्याग्दी १(२)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले निर्माण भएका सडकमा नियमित र सुरक्षित रूपमा यातायात सञ्चालनको व्यवस्था मिलाउन जलविद्युत् आयोजनासँग समन्वय गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण