विदेशी दातृ निकायले दिने सहयोगको श्वेतपत्र जारी गर्न माग
काठमाडौँ । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले विदेशी गैरसरकारी संस्थाले नेपालमा गरेको लगानी सम्बन्धमा श्वेतपत्र जारी गर्न माग गरेका छन् । उनले सरकार यस्ता लगानीबारे मौन बस्न नमिल्ने भन्दै सदाचार नीति ड्राफ्ट भएपनि त्यतिकै फालिएको बताए ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद सिंहले नेपालमा गरिएको खर्च सम्बन्धमा श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका हुन् ।
उनले सदाचार नीतिको सरकारले नै उल्लङ्घन गरेको पनि बताए । उनले ‘त्यो विदेशी लगानी धर्म परिवर्तन गराउनमा कति र जातजाति लडाउनमा कति खर्च भयो ? कति देश टुक्राउन लगानी भयो ? त्यसको जानकारी गराउनका लागि सभामुखसँग रुलिङको माग गर्छु,’ सांसद सिंहले भने ।
सांसद सिंहले मुलुक सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टमा परेको बारे संसद्मा अर्थमन्त्रीको तर्फबाट जानकारी गराउन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण