पशुपति क्षेत्रमा पाँच दिन विशेष सरसफाई अभियान हुने
काठमाडौँ । महाशिवरात्री पर्व व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोष सक्रिय
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मुल समारोह समिति तथा उपसमितिहरु गठन गरेको छ ।
सोमवार कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । प्रचार प्रसार तथा सजावट व्यवस्था उपसमिमितका परिषद् सदस्य राजकुकार खत्रीले नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्ड पालना गरेर पशुपतिनाथको दर्शनको व्यवस्था गरेको बताए । उनले फागुन १२ देखि १६ गतेसम्म पशुपति क्षेत्रमा विशेष सरसफाईको व्यवस्था समेत गरेको बताए ।
उनले भने, ‘२०८१ साल फागुन १४ गते बुधबार २६ फ्रेब्रुअरी २०२५ दिन परेको यस वर्षको महान पर्व शिवरात्री पर्वमा लाखौँ संख्यामा आउने दर्शनार्थी, साधुसन्त एवं भक्तजनहरुको प्रवाहलाई मध्यनजर राखी नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्डलाई पालना गर्दै समग्ररुपमा दर्शनको व्यवस्था गर्न प्रभावकारी बनाउनका लागि पशुपति क्षेत्र विकास कोषले देहाय अनुसारको उपसिचि गठन गरी कार्य विभाजन गरी विभिन्न तयारी गरेको बारेमा यहाँको विज्ञ जनमा जानकारी गराउन चाहन्छु । वातावरण सरसफाई तथा जुत्ता चप्पल व्यवस्था २०८१ फागुन १२ गते बिहानदेखि १६ गतेसम्म पशुपति क्षेत्र विशेष सरसफाई अभियान सञ्चालन गरिएको छ ।’
कोषले मांस, मदिरा, गाँजा, भाङ आदिको भण्डारण तथा विक्री वितरण तथा ओसारपसार नगर्न तथा नगराउन सचेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण